Jump to content

Page:Shakuntala.pdf/207

From Nepali Proofreaders
This page has not been proofread
षोडश सर्ग
शकुन्तला विवाह
(प्रहर्षिणी)

लज्जाका सित पहिले बनी 'अबोला ।
लाम्चा ती दुग छविला शिखारु काला ॥
बनोल्नाको सरस सिकेर ढड्ग थोर ।
हाँस्दा छन्‌ अलि अलि मन्द मुस्किएर ॥
(१)

जो भाषा छ अघरबीच नन्द बन्दी ।
आच्छन्ना सुमदिल भित्र झै सुगन्धी ॥
बोर्लै झै अधर सुचारुबाट बन्दी ।
चालैले मुखरित हेर ! चारुछन्दी ॥
(२)

ढीलो जो सुमकलिको छ बन्द चाल ।
खुम्चे झै पवन चली सुमन्द ताल ॥
त्यो नौली छ किरणको फुलेर खुल्दी ।
बास्नाले मधुर खिटी छ चारु झन्दी ॥
(३)

जो बाला सुमकलि झै लिएर दाना ।
आँखामा सरस निशीध नन्द पाना ॥
छातीका तह तहमा भएर नाना ।
रुन्थी त्यो मृदितमुखी छ मूक गाना ॥
(४)