टल्पल् आँखा वदन नृपको हेर्दछन् भै पुकारा ।
'छोडी जाने हृदय नहवोस्' भन्दछन् 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥
(५)
भन्छन् "हामी दुइ पर नभै साथमा नै रहला ।
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥
हामी हौंला रवि विघु दुवै दुर यो अङ्कमाल ।
गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥
(६)
कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥
लाग्छन् वैरी अनृतदल झै द्ःख दी सत्यलाई ।
लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥
(७)
चखोडि होला विजय रिपुको, छौ तिमी नै सहारा ।
तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्घन् आत्मा समर नभजे सत्य राख्ने उपाय ।
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
(८)
छोडी जानै अब कर पय्यो युद्धको भूमि ताकी ।
चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार निन्दु ।
झन् झन् भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥
(९)
मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग ।
सत् विश्वासीकन समर छन् प्रेमका नै परीक्षा ॥
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए ।
प्रेमी नाता अभर लहराबीच झन् फुल्न पाए ॥
(१०)
Page:Shakuntala.pdf/218
Appearance
This page has not been proofread
