Jump to content

Page:Luni.pdf/44

From Nepali Proofreaders
Revision as of 11:29, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} केलाएका ग्रार भुवा सुनका तारले फदड्कन्छन्‌ । सीलको छाला मारेर गुलाफ जलले छर्कन्छन्‌ ॥ तकिया त्यसको लम्याई केश ती काला लर्कन्छन्‌ ॥ चरी-भुवा डसनामा परीक...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१४)
केलाएका ग्रार भुवा
सुनका तारले फदड्कन्छन्‌ ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥
' -

(१५)
तर छन्‌ रानी ल्‌नीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
बादल हाली ती मनमा ।

(१६)
सम्मिन्‌ उल्टो 'लुनी' ले
चाङना बस्ने कोपडी
तारामण्डल म्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी मुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घेँटे जलको लडिबुडी ॥