Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/96

From Nepali Proofreaders
Revision as of 15:18, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} विचार चारैतिरबाट बात बताउ छोडीकन पक्षपात । यथार्थमा यो धनदेखि अन्त कहाँ छ माया, ममता दुरन्त ॥ {{pcn|(३३)}} अधीन-वर्ती धनकल्पवृक्ष खडा परे (डे)को छ भने समक्ष । समस...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥

(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन्‌ सब हात हात ॥

(३४)

      • धनाऽभिधा कल्पलता चढाई

शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥

(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो । -लेखक)