Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/83

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१)}} यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ? मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो । लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन आँट्यौ के ग्रह-ग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१)
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन
आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?

(२)
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर
ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ स्वार्थी र अन्धो छ र ?
बन्छन्‌ अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर
यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?