Jump to content

Page:Satya harihschandra katha.pdf/21

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६८)}} लौ राज्य मेरो अब छोडि देउ । जो भूयसी बाँकि छ जल्दि देठ ॥ की ता भयो दिन्न भनी जवाफ । देञङ तिमी लाइ म दिन्छु माफ ॥ {{pcn|(६९)}} घुर्की सुनी यो अधिकै डराई । बिन्ती गरे...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(६८)
लौ राज्य मेरो अब छोडि देउ ।
जो भूयसी बाँकि छ जल्दि देठ ॥
की ता भयो दिन्न भनी जवाफ ।
देञङ तिमी लाइ म दिन्छु माफ ॥

(६९)
घुर्की सुनी यो अधिकै डराई ।
बिन्ती गरे यो तहिँ जल्दि आई ॥
झूटो प्रतिज्ञा कसरी गररूला ।
झूटो हुनू चाहि बरू मरूला ॥

(७०)
गर्नू हवस्‌ राज्य म छोडि दिन्छ ।
रानी र छोरो कन साथ लिन्छ ॥
काशी पुरीमा गइ बस्छु ताहाँ ।
केहि पछी आउनु होस बाहाँ ॥

(७१)
दीनेछु त्यो भूयसी बाँकि लाइ ।
भाका दिनू पर्छ यहाँ मलाई ॥
येती सुनी केहि दियेर भाका ।
निस्के आये सब छोडि राजा ॥