Jump to content

Page:Satya harihschandra katha.pdf/20

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६४)}} इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्राण । मैले आज तलक्‌ गरीन द्विजको आशा कहीं लंघन ॥ इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ । मागी लीनुहवस्‌...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(६४)
इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्राण ।
मैले आज तलक्‌ गरीन द्विजको आशा कहीं लंघन ॥
इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ ।
मागी लीनुहवस्‌ म दिन्छु अहिले मागेजती सब यहाँ ॥

(६५)
यो बात्‌ सुनी कपट धेर्‌ लिइ चित्त माहाँ ।
भन्दा भए अनि कबोल गराइ ताहाँ ॥
मन्मा भयो बिभव पाउन राज ऐटल्हे ।
दीनू हवोस महराज्‌।सब राज्य पेल्हे ॥

(६६)
यस्ता बात्‌ सुनि क्यैविचार नगरी आफ्नू भएको तहाँ ।
दीए राज्य समेत दान द्विजमा खुशी भई मन्महाँ ॥
बोले ब्राह्मण भूयसी पनि दिनोस्‌ जो दानका अन्तमा ।
दीनू पर्दछ पूर्ण दान फलको निम्ती छ त्यो दक्षिणा ॥

(६७)
कीता निष्फल दानको गर तिमी की भूयसी त्यो गर ।
भन्दा दिन्छ भनी कबोल गरि ती फर्केर आये घर ॥
रानी लाइ क्रहे भए जति कुरा यस्तो गरें लौ भनी ।
भोलीपल्ट भयो विहान नहुँदै आईपुगे ती मुनी ॥