Jump to content

Page:Satya harihschandra katha.pdf/9

From Nepali Proofreaders
Revision as of 11:12, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२०)}} लावा चन्दन फूल फेर्‌ अविरको वर्षा बहृतै भयो । वेद्पाठ्‌ नाच र गान सब्‌ सहरमा एक्‌एक घर्मा थियो ॥ राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भयो । गाईदान असंख...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२०)
लावा चन्दन फूल फेर्‌ अविरको वर्षा बहृतै भयो ।
वेद्पाठ्‌ नाच र गान सब्‌ सहरमा एक्‌एक घर्मा थियो ॥
राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भयो ।
गाईदान असंख्य द्रव्य द्विजमा दुःखीहरूमा दिये ॥

(२१)
थिये उत्सव धेर्‌ तहाँ वरुणजी सामान्य जस्ता बनी ।
आये ती द्विज-रुपले नुपकहाँ के भन्छ यस्ले भनी ॥
राजन्‌ पुत्र भयो भनी खबर यो सूनेर आएँ यहाँ ।
संझी सत्यकवोल यञ्च गरलौ छाडी अरू काम्‌ यहाँ ॥

(२२)
आज्ञा सुनी वरुणको नृप हड्बडाई ।
बिन्ती गरे अघिसरी अधिकै डराड ॥
हे नाथ ! गर्दछु म यज्ञ तथापि रानी ।
सुत्केरिछन्‌ म पनि छु अपवित्र जानी ॥

(२३)
पर्खी दिनोस्‌ अवधि दीकन एक मास ।
गई अवश्य अनि यञ्च म हर्ष साथ ॥
बिन्ती सबै ति नृपको सुनि फेरि ताहाँ ।
भन्दा भए वरुण बात ति भूप माहाँ ॥