Jump to content

Page:Shakuntala.pdf/158

From Nepali Proofreaders
This page has not been proofread

लमकीस ती रसिला कुना ।
पनि छन्‌ लुकाउन क्यै छली ॥
प्रभु कृष्णलाई प्रसूनले ।
क्षण मौन बीच सिँगार्दछिन्‌ ॥
अनि यो लता सपना हुँदो ।
गहले भुलेर निहार्दछिन्‌ ॥
(९४)

शरमाउँदी नभनी कुरा ।
मुख-रक्ग चट्ट सपार्दछिन्‌ ॥
कृशाता बढी अलि म्लान भै ।
अधरै सुकेर गनिगार्दछिन्‌ ॥
मृदु बोटका कसुमोज्ज्वल ।
सखि मुग्ध छन्‌ जब निश्चित ॥
पृथिवी-पती महिमासित ।”
(२१)

यति बातले दुद मुस्मुसे ।
रहँदा भए अलि खुस्खुसे॥
जन सूर्य लाल भई घुसे ।
जल-गेहमा पर भझल्मल ॥
(२६)

त्यस रातप्मा न त नीँदले ।
पनि छोटँदी वन-मञ्जरी ॥
सपनाहरू निउँझै रची-
कने सोच्दछिन्‌ मनमा परी ॥
कन भाव यो मधघुरा६करी ?
(२७)

“कसरी उनीकन भित्रका ।
मृद्‌ भाव रङ्ग विचित्रका ॥
कन ढङ्गबाट बुझाउनु ?
नबुझे कहाँ सुख पाउनु ॥