This page has been proofread
अब के गरी कुन युक्तिले ।
नजिकै बनी यशदारको ॥
दिनु सूझ यो दिलको निको ।
न त बोलिने न त रङ्गिने ?
न त चालमा मृदु भङ्गिने ।
कुन चित्रमा मन रङ्गिने ?
(२८)
किन लाग्छ रूँ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेरुँ हेरुँ भयो सदा ।
किन खोजुँ खोजुँ जतातता ?
(२९)
मधु-सञ्चयीकन शानले ।
कुसुमी परीहरू डाक्दछन् ॥
नव चाल चारु सिँगारदै ।
जब कोयली रस लाग्दछन् ॥
तब के त्यसै गरी शानमा ।
मृदु भाव यो छ झुलाइने ?
(३०)
जसरी लताहरू डाक्दछन् ।
मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अङ्गले ।
त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
(३१)
यति सोच्दछिन् मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन् चपलासरि ?
(३२)