Jump to content

Page:Champa.pdf/38

From Nepali Proofreaders
Revision as of 23:56, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् । नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् ।

नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगादिए पनि त खुब सुन्दर हुँदो होला । उनले कमसे कम क्षेत्र पाएकी थिइन् । तर "तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् ।" के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँधजस्तो कैद ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाई माग्नु छ बाबा, देउरानी, जेठानी, सासूबाट । अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुल्होमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथी-चमशूर, गान्टेमूला, काउली, बन्दा । के जीवन यति भन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको व्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू, ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाँउछन् । कावा खान्छन्, बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापना भन्दा आर्को चिज नेपाली नै होइन मानो । पहाड मात्र ठुला छन् यहाँ । गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान् अन्डिरका रुख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठुलो, न सानो । एक चिज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।

अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ, के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकाश र पोषण छ यहाँ ? चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्राइन् । ठिक यसै वेला स्वामीजी चिमिरे, च्यान्टे, च्याँसे, फिब्टे स्वामीजी ठमठमाउँदै भित्र पसे ।

उनको ढोका घरकाइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको