Jump to content

Page:Champa.pdf/26

From Nepali Proofreaders
Revision as of 00:14, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

रामकान्त खूब पढ्न लागिरहेका थिए, रात-रातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रुपमा उनी पछाडि परेका थिए । भ्यागुतो जत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पंडितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशंकरको मोहनी लाग्यो । यस संग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चंख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।

कीटाणुले भन्यो- "को घाममा कम बस्छ ? को हावामा ज्यादा निस्कँदैन यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यंत्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा धूलोमा घुम्दै आए ।

बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारण्ट दियो …… दुवै फोक्सा प्रभावित, भक्षित भयंकर धब्बाहरू …….. आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।

रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयंकर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवान अगाडि, "हामीहरू बिलकुल महामूर्ख हौं । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठन कलामा विज्ञान छैन । हामी जीवन विकाशक होइनौं । हामी उदरपूरक हौं । हामी पाश्चात्य सभ्यताले युवक भांडेर खान्छौं, पछि गुरु तथा तानाशाहका पंजाबाट आत्मसंस्कार र