Jump to content

Page:Sunko bihani.pdf/52

From Nepali Proofreaders
Revision as of 21:38, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{x-larger|'''जुनी'''}}}} {{center block| <poem> {{pcn|(१)}} चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगा ज्यादै सिंगार्न मनको जुनि बाइसींगा । अल्छी सुतालु छ अजिंगर नाम चोला राखेर होश हिंड जन्म खराब होला ॥ {{pcn|(२)}} ठूलो म बन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
जुनी

(१)
चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगा
ज्यादै सिंगार्न मनको जुनि बाइसींगा ।
अल्छी सुतालु छ अजिंगर नाम चोला
राखेर होश हिंड जन्म खराब होला ॥

(२)
ठूलो म बन्छु जुन भन्दछ बन्छ हात्ती
घोडा उ बन्छ जुन थिच्दछ दिन्छ लात्ती ।
खाने छ जो रगत बन्दछ त्यो हुँडार
यै होश राख पछिको जनि लौ सपार ॥

(३)
गन्दा विचारहरूले बनिजान्छ गन्धे
जो दान दिन्न जगमा उ उन्यू छ भन्ने ।
'ढुंगो हुने निठुर को दिल बन्छ' भन्दे
'चोला सपार् मकन' कान दिएर सुन्दे ॥