This page has been proofread
पृथ्वी-भकुण्डो
(१)
भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन
दिंदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन ।
सधैं पूर्वै फेंक्दो दिन दगुरिने पश्चिम गरी
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?
(२)
छ ठूलोमा ठूलो चउर अति नीलो झिलिमिली
सधैं बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिली
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै
कतै फुट्बल् खेल्ने उसतरफ देख्यौ कि त कुनै ?