This page has been proofread
झाँगघर
(१)
घर एक बनाउँ मिली सबले
जग होस् पृथिवी तर स्वर्ग फुले–
सरि होस् दिल-फूल खुशी रहने
लहराहरु तुल्य विचार हुने ॥
(२)
लहराहरुको घर एक नयाँ
यसमा छ अहो अरु नै दुनियाँ ।
जिउको पिंजरा छ त्यहाँ मुनियाँ ।
कति बोल्छ मिठोसँग बात नयाँ ॥
(३)
कति झ्यालहरू यस झाँगभरी
झलमल्ल हवा सुखका लहरी ।
सबभित्र पसाउन हर्र गरी
सब शीतल झल्लर आँखिसरि ॥