Jump to content

Page:Shakuntala.pdf/151

From Nepali Proofreaders
Revision as of 12:49, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कमलसरस भाल स्वेदले भो झिभझिल्ल । उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ अलकतिर शिरीषी माधुरी साम्यभावी । रँग विलसित गाला कर्म-टूना अमूल्य- सरि युवति थिइन्‌ ती कामकी झैं विलास । (६...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कमलसरस भाल स्वेदले भो झिभझिल्ल । उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥

अलकतिर

शिरीषी माधुरी साम्यभावी ।

रँग विलसित

गाला

कर्म-टूना

अमूल्य-

सरि युवति थिइन्‌ ती कामकी झैं विलास । (६१)

सहन कठिन बन्छन्‌ बैँस ठट्टा तिनीमा । किन शरम हुने ती चाल गर्छन्‌ भनेर ॥ चकित मधुरता झैं अप्रसन्न प्रभा छन्‌ ।

तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन्‌ ॥

(६र) पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । सखितिर जब

फर्की बन्दधिन्‌ ती गुहारी ॥

निठुर सरसता झैँ दैवले पड्गु पारी । नजर सरस दिन्धिन्‌ कर्किँदी स्वर्ग प्यारी ॥ महल

छ सब

(६३)

खल्लो छट्टका राज्य जस्ता ।

रँगहरु अति चड्का, पौर छन्‌ चाल सस्ता ॥

भझिलिमिलि सब नोक्रा, बैंस खोक्रा त्यहाँका ।

सुमन मृदु खिरीला डाँठमा छन्‌ यहाँका ॥

अप्रकृत नखराका

(६४)

धूर्तताका शिकार ।

अति चपल प्रदर्शी भावका शून्य सार ॥ अधर अति रगाई बैंस ज्यादै सजाई । अतिशय-

नकुनी। ती नाक

भौं शानदार ॥

विकृतिमय र कामी-भावनाका शिकार । युवति शहरका

जो छन्‌ सितारा-सिँगार ॥

उनअघि वननाला स्वर्गका छन्‌ जुहार । विकृत मुख न तीतो नक्कली चाल पार ॥ अब म त वन बस्ने रोज सानन्द चार ।”

(६५)

१४६