" तपस्यापिपासा बुभ्यो बाहुलीमा । " त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥
रस्तीला भएका तिनी बोल्न थाले । सुनिन् लज्जती लाजकी मेनकाले ॥
(छ) “तिमी मोहिनी ईशकी ुमतुल्ल्य ।
सबै विश्वकी माधुरी झैं अमूल्य ॥
तिमी चाँदनी छौ निशाभित्र काली ।
जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥
तिमी चाँदनी छौ म
(७२)
तिम्रो चकोर ।
तिमी तारका छौ म पानी विलोर ॥
तिमी फूल प्यारी म ता बासना झैं ।
यता दिव्य स्वप्ना, उता सम्झना झै ॥ (७२)
तडित् झैं तिमी छौ म ता मेघमाला ।
तिमी श्री जगत्की म ता भाग्यज्वाला ॥ तिमी वल्लरी वृक्षको प्रेम मेरो। तिमीमा जगत् बाटुलो हुन्छ फेरो ॥
(७४)
तिमी दिव्य सौन्दर्यकी छौ पयोधि ।
म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥ म हँ शौल फुल्दो तिमी स्वर्णचूली । वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥
(७५) तपस्या सबैकी तिमी सिद्धिदेवी ।
तिमी अप्सरा छौ म ता पादसेवी ॥
म चाहन्नँ है इन्द्रको राज-छत्र । म
नेता जगत्को
(७६)
यिनै नेत्रभित्र ॥