Jump to content

Page:Shakuntala.pdf/44

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सबै सत्य पग्ली शशीमा सुधा भो। त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥ असत्‌ बीच लज्जा बनी चारु लाली । भयो नृत्य नै जिन्दगी नाम खालि ॥ (२९) "लताकेशमा रेशमी पालुवा छ। मुगा ओठ मेरा, गुलाबी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सबै सत्य पग्ली शशीमा सुधा भो। त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥

असत्‌ बीच लज्जा बनी चारु लाली ।

भयो नृत्य नै जिन्दगी नाम खालि ॥ (२९)

"लताकेशमा रेशमी पालुवा छ।

मुगा ओठ

मेरा, गुलाबी कपोल ॥

नशामा छ नाला उषालाल लोल ।

ममा प्रेम गर्ने छ को आज ? बोल॥

(३०) म ता माघुरी सत्यको मोहनी हुँ ।

म आत्माहरू खिच्न आएँ झरेर ॥

सबै स्वर्गका तर्फ बोलाउँदी छु ।

असत्‌को तपस्या अरू हुन्छ हेर ॥

(३१)

नछोए असत्ले जगत्मा मलाई । बडो लाजले भाग्छ आत्मा डराई ॥

भए प्रेम सच्चा म लैजान्छु स्वर्ग । नजान्ने कुनै प्रेम गर्नै मलाई ॥ (३२) म देखेर जो मोहनीले छुँदैन । उ आत्मा

जगत्मा सजीवै

तपस्या म हुँ, ईशकी भै सिँगार ।

हुँदैन ॥

अरू कष्ट हुन्‌ हेर फुम्रा अँगार ॥

(२२)

तपस्वी हठी शून्यमा पुग्छ मेरो ।

भुली मोहनी, गर्व ली तुच्छ सार ॥

सबै सिर्जना डग्मगाएर काँप्छे ।

सबै सभ्यता बन्छ कालो अँगार ॥ (२४)