थुनेका छन् दोटै श्रवण बलले भित्री मनको ।
छ व्यापारै बन्दै विषय-विष
मारेर तनको ॥
असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि ।
निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सारा जगत अब कालो तिमिरता । निभे बत्ती कालारँग सब मिलीगो कररासा ॥ उज्यालो भो यौटै कमलदिलको, भै । बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
(३०) गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ (३१) हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले ।
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी ।
अशोकै छन् यौटा कि त अघि थिए कैशिक यिनै ॥ (३२)
परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा ।
करोडौं सेना छन् समर पनि छन् शान्त रणमा ॥
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । जिते सारा
आफैं
अमरपति
जित्छन् सहजले ॥
(३३)
परीका गाला झैं रसमधुर प्यालाहरु लिई । विलासीका नेता त्रिदशपति निर्धक्कसँग सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
ती ॥
बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥
(३४)
१४