Jump to content

Page:Laxmi nibandhasangraha.pdf/214

From Nepali Proofreaders
Revision as of 23:46, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "आशा काम लाग्दैनन्‌ । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ । धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरू धार्मिक हुन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

आशा काम लाग्दैनन्‌ । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म

दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।

धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरू

धार्मिक हुन सक्तैनन्‌ । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको

मार्गलाई पूरा गर्दैनन्‌ । असत्यद्वारा सुन्दैनन्‌ ।

असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर

चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आउ र एक उपदेश सुन- 'सत्य सोझो छ ।'

सत्य सोझो हुन्छ/ २०५