मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन् । अनि आधुनिक कविहरू किन विलौना नगरून्ः- यो जाबो जीवन के हो, यदि चिन्ताले
परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा
दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख
लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ
दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच,
मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा
मानव-मगजलाई यत्तिकै अधिकार छ र बीसौं शताब्दीको लेखको नमूना
यहीहो।
२०२/लक्ष्मी निबन्ध-संग्रह