भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको माहात्म्य
देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् ।
पहिले-पहिले क्रषिले पलेटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर
एकै छिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ घडीको संकेत हुँदैन, त्यहाँ मानव-आत्माले अनन्तसँग नाता जौडेको देखिन्छ तर म समयलाई साना-साना टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु
र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाट म त्यत्तिकै सधैं दूर
छु, जत्तिको होश हराएका भारद्वाज समाधिस्थ अवस्थामा मभन्दा माथि देखिन्छन् । हामीहरू जीवनलाई सेकेण्डमा बाँडेर टुक्रचाइरहेछौ,
ध्येयशून्यताको चक्करमा बाट्ला घडीहरूको सुईका यात्रामा समय व्यतीत गरिरहेछौं । हामीहरू छरिइरहेछौं, संकीर्ण हुनु विकीर्ण हनु हाम्रो सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौँ, त्यसलाई साठी
मिनेटमा र हरएक मिनेटलाई साठी सेकेण्डमा बाँड्दछौं । हाम्रो आजकल कनिकाकेलाइ छ । महान् तत्त्वहरू सेकेण्डका होशमा उफ्रदैनन् र हामीहरू
देवताको दिनर ब्रहमाको युगको कल्पना गर्ने सक्तैनौं । हामीहरू छोटकरी बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा
घुम्दछौं, आत्मालाई छाडेर रक्तसञ्चालनका नियमहरू अध्ययन गर्दछौं । मेरो विचारमा त यो घडीहरूकै अत्याचारले भएको हो ।
किनकि आजकल हामीहरू घडीले उठ्तछौं र घडीले बस्तछौं ।
अध्यापक क्लासमा
आउँदा घडी हेरेर आउँछन्, घडी
हेरेर जान्छन् ।
आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा पाउँछ मानव-आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले-पहिलेका गुरुहरू हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार-व्यवहारसमेतमा
ध्यान राख्तये । आजकालका माष्टरजीहरू घडी हेरेर पढाउन बाह्रकोठे
बाटुलमुखेका काला अङ्कहरू गनीगनी पैसा लिन्छन् । विद्याको धारो समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरीद-
बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको क्रा होर ?
हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो । बरु यन्त्रहरूको जेठो दाजु नै घडी हो । हामीहरू हमेशा बेफुरसती छौँ, सास फेर्न पाइन्न ! यो स्वाँ-स्वाँको युगमा हामी घडीका सुईका मान्छेलाई घडीबाट हानि“ २०१