Jump to content

Page:Laxmi nibandhasangraha.pdf/200

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीक र उत्तिकै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं !

यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीक र उत्तिकै रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट

झन्‌ रोचक छ, झन्‌ अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका

जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर

नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम

नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना

हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन

पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि हरामज्यादाहरू मात्रै बिग्रन्छन्‌ । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन्‌ ।

जूबा/१९१