बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे-
पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ ।
एक जना महाशय जूवा खेल्छन्, तर रोज रुपियाँका निमित्त ।
एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तो्ष परम सुखम् ।' काम
नगरीकन रोज रुपियाँ कमाउनु पनि ठूलो अक्कल हो । एक रुपियाँ
रोजको कमाएपछि म्याट्रिक, आइ.ए.ले जागीर खाएजत्तिकै भैहाल्यो नि ! लहडको राज्यमा डिट्ठाङ्वी पाउनु पनि त एक रोजका निमित्त ठूलो सौख हो । दिन-दिनै सरकारिया अङ्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको याममा दिनभरि कठाङ्ग्रिदो हातले खेलेर पाँच बजे त रित्तो हात बटारदै घर फर्किहाल्नुपर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइसकियो ।
एउटा
सङ्लो खौँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर
लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की
हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरू
जूवा हार्छन्, साङ्ग्रो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुट्ठे जस्ता बनेर थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादा काम लाग्छ । अब
एक पेट मिठाई खाए पनि भयो, जीवनसंग्रामको सम्झनाले गुलियो तीतो भएन । अथवा कन्तुरमा लगेर खसालिदेङ । जसमा सित्तै आएका
पैसाहरू भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरीद गर । अब गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको
सिद्धान्त यही थियो । हन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म
नआउने कुनै जूवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ कोजाग्रत, एक चैते दशैं, एक: दुई रुपियाँ भोटो देखाउने जूवा, अरू पर्वपर्वमा जस्तो ट्धूनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा
पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरेजस्तो लाग्छ । अरू रुपियाँ
हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक दुःखहरूसँग गाँसिएर महीनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल
जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो
मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।
जूबा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जूवा
खेल्नु खेलको निमित्त, मोज लिनु मजाका निमित्त । सभ्य संसार पनि १९०/लक्ष्मी निबन्ध-संग्रह