भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई
उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरामा साहित्यको रङ
पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जूवाको एउटा दुनियाँ नै बनिसकेको थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो
नाटकमा उहाँले जूवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर
भावहरू मामूली शब्दद्वारा झल्काउनुभएको छ, त्यस्तै उहाँले जूवा
खेल्दा जूवाभित्र अर्कै औपन्यासिकता देखिँदो हो ।
मलाई जूवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्ने यसमा
प्रशस्त मौका देख्दछ । कोही मानिसहरू यसलाई जीवनको पेशा नै
बनाउँछन् ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन
र
कौडीको रखाइरमा अभ्यास गर्दै जूवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरू
आशावादीको श्रेणीमा रहन्छन् । तर असम्भव भनेको केही रहेनछ ।
कोही-कोही यस्ता छन् कि कौडी र हात घोटी-घोटी अभ्यस्त हँदा-हँदा चौपट चौका, बागपञ्जा, छददू छक्का र तेजी तीया बनेका हुन्छन् । धेरैजसो जूवा यिनीहरू हार्दैनन् र अक्किल गरेर जूवाबाट केही-न-केही लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन् । यिनीहरूको सिको सिक्नेहरू अनेक किसिमका ढङ्ग देखाउँछन्, कोही जमीन र हातको अन्तर क्रेतले नापेर
कौडी छोडछन् । कोही कौडी मुठी पार्नको कला देखाउँछन् । पेशादार
जुवाडेहरू सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन् भन्ने कुरामा कोही-कोहीलाई
आश्चर्य लाग्दछ, तर तिनीहरूलाई कौडी नै एउटा
किताप छ जो तिनीहरू हरहमेशा अध्ययन गरिरहेछन् । रासायनिक तराजूको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरू आफ्नो फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्; हातको छालाले हरेक
कौडीको मुटुका प्रवृत्तिहरू छामेर सम्भावनाको तौल लिन्छ र यस बेला यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सृक्ष्मातिसूक्ष्म विज्ञान उनीहरू नै बुभ्दछन, जो कौडीलाई जीवनसमर्पण गर्दछन् । नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्; तर मानिसको कतपुर्जामा हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ-ठाउँमा बिग्रिन्छ र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन । तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अम्किल र जूवा१५५८लक्ष्मी निबन्ध-संग्रह