गौरीशंकर यात्रा बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन् । मानौं प्रकृतिमाताले
हरहमेशा “लौ पुग त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै
र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि लाग्दा अनेक-अनेक चमत्कारहरू प्राप्त गर्दछ । अझसम्म नपुगेका उच्चताहरू हातलागी गर्नामा हामीहरू हरहमेशा अनौठा आनन्द अनुभव
गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैँ हामीलाई नवीन जीतबाजीको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ
कोही पुगेका थिएनन् । त्यो चीज ल्याउन चाहन्छौं जो कसैले ल्याएका
थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौँ जो कसैले देखाएका थिएनन् । अगम्यको प्रेरणाले हाम्रा पयर सजीव वनाइरहेछ, अगोचरले हाम्रा आँखा
आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार
पाउँछ; अजेय शिखरहरूले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्का
देखाएर स्वर्गाह्वान गरिरहेछन् ।
हामी त्यस देशका यात्री छौँ, जहाँ कोही पुगेका छैनन् । नचिनिएका
कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरू हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरूमा
यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरू अनौठो
भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन
झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । अन्वेषित धुवहरू मेरा यात्राका विलासहरू छन्, म समुद्रको पीधमा
मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन ।
चीजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठूला चुलीहरू
गौरीशंकर यात्रा/१७७