तिनका नाटीकुटीहरू अन्धविश्वास र स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं
नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरूबाट
संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि
हामी अज्ञानको घमण्डले जननीहृदयरेखाहरूलाई निरर्थक सम्झन्छौं ।
त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् ।
मलाई ता यस्तो लाग्छ कि जननीभावमा पृथ्वी दूधभरिला बालाहरू झुलाउँछिन्, जननीभावमा पृथ्बी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ
दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला
पार्दछौं । अंग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी
जगज्जननी खँदिलो रूपमा सत्ता राख्तछिन्। हाम्रो हिन्दूधर्म पशुमा
माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरू जातिभन्दा श्रेष्ठ छौँ । अहिंसाको बिशाल तत्त्व भारतको हो। हाम्रो आर्यसभ्यताको
श्रेष्ठता नै जननीभावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता
भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको थियो ।
आमाको दिल/१६९