आमाको दिल “बोट बनाएँ जीवनको ।
बुन्तहरूको फूल ॥ रङ्ग बनाएँ प्रम मृबुलको । 'बाल' बनाएँ फूल ॥ पातहरूको खोपी बनाएँ । आकारी शोभन ॥
श्वासहरूले सुस्त झुलाएँ । मेरो सुन्दर मोहन ! कण्टकहरूका चिन्तनहरूले ।
रक्षण गर्दै क्षण-क्षण ।
'शीतल-शीतल आँसुहरूले । गरेँ प्रतिदिन रोदन ! ॥ तैपनि बैल्यो हाय जुहार । कसरी राखूँ म जीवन
!”
यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् । के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा
घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी
जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुभ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका
आमाको दिल/१६४