Jump to content

Page:Laxmi nibandhasangraha.pdf/170

From Nepali Proofreaders
Revision as of 23:37, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन्‌ । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन्‌ । यो स्वाद कृत्रिमको छकावट हो । हामी

सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ ।

तर दाँजेर हेर, मृदुले छोएका क्षणहरू र क्र्रको पर्गिलिदो रक्तस्वादमानव-जिश्चोमा ! त्यहाँ आसमान जमीन छ ! खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैँ नखसुञ्जेल

टिप्नु स्वार्थको हात लम्बाएजस्तो लाग्दछ । कोही क्रषिहरू बोटमनि

फल झर्नको आशामा चातक झैं बस्ताहन्‌ । उनलाई टिप्न गाह्रो लाग्दो

हो, कन्दमूल खोस्रने मन्त्रहरू होलान्‌, जस्तो समिधा काट्ने र भात

खाने । क्रषिहरू खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई

विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदाहुन्‌। स्वार्थ घुसेको खाना

अँध्यारो खाना हो । क्रषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा संसार कस्तो कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा सिल्मिलाउँदा जीवनहरू खालि 'खाँ ' खाँ ! खाँ !' गरेर मुख बाउँदै दाह्वा

किद्दै लुछाचुँडीलाई जीवन भनेर चिची र पापा पिल्सिदै गरिरहेको घीनलाग्दो नाटक देखिंदो हो । दुनिया खाँ खाँ-मा छ । उता चोर्छ, उता घूर्त्याइँ गर्छ, उता हत्या, मास्‌ सिंगाछ-कालका निमित्त । क्राषिको आत्माले भन्दो हो, 'हाय ! अन्धा जीव हो ! यो उचाइमा

अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ । यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरू बज्दछन्‌ ।'

आत्मौपम्य नै क्रषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि

मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादूमा मेरो विश्व र ब्रह्म छ। म अरूलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ । म जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म अरूबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार छैन । मलाई

त्यस बेलासम्म जिउनको

अधिकार

छ, जबसम्म

परजीवनको आदर गर्न सामर्थ्य देखाउँछ । तब यो जीवन चोरी हो, डकैती हो, तर यसलाई सत्य र धर्मको तत्त्वमा बलिदान दिएर पखालिने मौका नदिएको भए म मुर्दा भइसक्ने थिएँ ।

सुस्तरी श्वास फेर“१६१