Jump to content

Page:Laxmi nibandhasangraha.pdf/153

From Nepali Proofreaders
Revision as of 23:36, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसला...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता

पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर

टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसलाई यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उद्दछ मानौं हावाका झोक्काहरूले

फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिँदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै

बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दहिँदै जान्छ मानौं आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा आँख्निन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै वढ्दै

रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ

नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट आयो ?! त्यसमा पनि मधुर अभिप्राय छ- हाम्रो आँखाका निमित्त र

संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको

खेलाडी शिशु मृदुल र कठौरको त्यत्ति मात्रामा काँट राख्लछ, जत्तिले

विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्‌, उता दुसा पलाउँदैछन्‌ । उचित समयमा काम नलाग्ने पातहरू भझर्छन्‌ र नवीन

पत्तीहरू फैलिएर काम दिँदै जान्छन्‌, यसलाई समयको होश छ, खुम्चिने

फैलिने बखतहरू छन्‌ । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा

राख्तछ । क्रतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तबरले रहेको

विदित हुन्छ । त्यो जीवनको अङ्क्र कहांबाट निस्क्यो, जो यसरी हावामा

सर्सराउँछ ? मानौँ सूर्य र पृथ्वीले रहस्यमा केही-केही बार्ता गरिसकेका

थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ,

पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बृद्धि

छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको

अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको

थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति

दिएको छ जहाँ यसलाई बिश्वा५स्वादक जीवनानन्द मिल्न सक्थ्यो ।

त्यही आशामा यो जीवनको अङ्कुर पालन गरेर बसेको थियो । मानौं सानो बासना जस्तो भएर समय

पर्खिरहेको थियो । हेर, अब यसका

पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक १४४लक्ष्मी निबन्ध-संग्रह