आकार र अभिप्राय विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही
देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौँ त्यसमा पनि अशेष नियमहरूको सृक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर
रहन सक्तैनौं । सृक्ष्मातिसृक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव-
चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे-
"एउटा मकै उम्रेको हेर ! त्यहीँ संसारका ज्ञान छन् ।' माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं
भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे-
चाएरे सेतो आँख्ले पहेँलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको
थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू
मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा ।
जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू
स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा
पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो
रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर पाशर्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ
भन्ने के क पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले
खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका
निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म आकार र अभिप्राय/१४३