हाम्रो नफरत छ । 'हट, हट, साघुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्मुखलाई मूक घृणाले हेर्दछन् । 'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुभ्यौ ? तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर
मनमनै भन्दछन् : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन
दिन ठम्कर पाएर बुभ्लास् ।'
हामी यस्तै संघर्षणमा छौँ । कलेज
र संस्कृत पाठशाला
मिलिसकेका छैनन् । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी भएर दुईतिरबाट जुधिरहेछन् । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको
अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको
नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता
मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्, उनीहरू
पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्, उनीहरू तातोमा । यिनलाई रिद्ठढा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्-'दतिउन
असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्-'तिम्रा दाँत चाँडै झर्दछन् ।'
एउटालाई
नवीन सभ्यताको बोक्रे झिलिमिली
जँच्तछ,
अर्कोलाई
प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र कटलेट अर्को पृछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कन
रूप धारण गर भन्दै धर्मराइरहेको छ ।
भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन
तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिभदछ ।
क्रषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग
गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै
विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ । मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा
वेद नै हन् । त्रषिले शनिश्व्वरबार घर नछाड्न भनेको कुरामा मेरा १२८
“लक्ष्मी निबन्ध-संग्रह