दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म
त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो मेरो चार पंक्तिको दौलत मेरै बेपरवाहीले गुम भयो ! मलाई यस्तो लाग्छ कि मनुष्यको तत्त्वसंगत कल्पनाको सच्चा विकासमा परमेश्वरप्राप्ति र मुक्ति पाइन्छ । कल्पनाका चित्रहरू बराबर हाम्रा आँखाअगाडि झल्किन्छन्, र तिनलाई तेत्तीस कोटि देवताहरू
बनाउनु साधुको धर्म हो । हामी कल्पनाद्वारा आँखा चिम्ली-चिम्ली
बाह्य संसारका वस्तु र तिनका सम्बन्धहरू भेट्टाउन सक्तछौं र तिनमा ठीक आत्मा र आलोचना पुन्याएर हामी सत्यको मुटु फेला पार्न सक्तछौँ । तर एउटा विचित्र क्रिया म आफूभित्र देख्तछु जसमा विवेकको खोजीले म केही पत्ता लगाउन सक्तिनँ । बराबर म जाग्रत् वा सुषुप्तिको अवस्थामा सपना देख्तछु गजन-गजबका, केके कहाँबाट । एक किसिमको ध्वनि निस्कन्छ मेरा सचेत क्रियाहरूबाट । म त्यस चित्रण वा ध्वनिउपर
केही प्रभाव राख्न सक्तिनँ । क्षणक्षणका असरहरू कसो-कसो घुम्दै-घुम्दै भनभनिँदै मिल्दै एक चित्रमा शान्तिका समयमा ऐक्यमा आइपुग्छन्, र तिनको सूक्ष्म त्रियाउपर हामी विवेकसंगत व्याख्यान गर्न सक्तैनौं, समयसमयमा ती सपना निक्लन्छन्, प्रकृतिले रहस्यको पर्दामाथि के बनाउँछिन्,
के बनाउँछिन् ! जीवनको झल्का त्यहाँ पाइन्छ, त्यसको सजीवता
अङ्गसंगति, तर त्यो चित्रण सचेत क्रियाबाट म पाउन सक्तिनँ । संस्कृत
भावनाहरू प्रतिक्षण लहराउने मनमा यिनको क्रिया चमत्कारी हुँदो हो, तर अपशोच ! हाम्रा निमित्त संसार ज्यादै अत्याचारी छ । आखिरमा म त्यस कविलाई धन्यवाद चढाएर यो लामो गन्थन
खतम गर्दछु जसको कल्पना खँदिलो भएर म जादू बनेँ र यो विशाल चमत्कार- जहाँ अणुमा विश्व र विश्वमा अणु छ ।
कल्पना”११९