छ्न्द र लय मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड
मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी
संस्कृत र नेपालीमा कविता लेख्नुहुन्थ्यो र उहाँलाई करीब असी वर्षको उमेरमा पुरानो सौख पुनर्जागरित भएको थियो । वृद्धले काव्य-रचना गर्नुमा हामी मानव-आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर वैराग्य र भक्तिको भावना उठिरहेको देख्छौं; र मेरा प्राणदाता पिताजी अक्सर ईश्वरको स्तुति संस्कृत र नेपालीमा लेखिरहनुहुन्थ्यो । म साफी
गरिदिन्धें- रातो मसीमा बाँसको कलमको सफा टड्कारा टाँका लगाएर । स्कूलबाट फर्किएपछि चार र छ बजेको अन्तरमा मेरो यही काम ज्यादा
हुन्थ्यो र मलाई पनि कविता लेख्ने सौख त्यसैबाट बढेर गयो । केटाकेटीमा कविता कण्ठ गर्नु र सुन्नु कति हृदयमा असर गर्दो
रहेछ मैले सम्झिरहेछु । पिताजीलाई संस्कृत कविताहरूमा सौख थियो
र 'रसगङ्गाधर' का पाना पल्टाएर बराबर मलाई कविका राम्रा राम्रा अलङ्ारमण्डित पंक्तिहरू देखाउँदै अर्थ लगाइदिनुहुन्थ्यो । त्यसका साथसाथै स्तोत्रकलापका मीठा स्तुतिहरू मलाई कण्ठ गराएर भन्न लगाउने उहाँको सौख थियो । 'पुराण' भन्नामा बडो चित्ताकर्षकतासाथ सुरिलो सङ्गीतमय स्वरले भन्न सक्ने हुनाले उहाँले भागवतका श्लोकहरू उच्चारण गरेको सुन्न मलाई बहुत मीठो लाग्दथ्यो । यिनै प्रभावहरूले कता
कताबाट मेरो हृदयमा छन्द आफैँ घुसेर आयो, जस्तो गानाको लय कुनै
कुनै केटाकेटीको कानमा सच्चाइसँग घुस्दछ ।
तर शायद अझसम्म मैले मगण र रगणको भेद छुट्टयाउन सकेको छैन, किनकि मलाई तिनको जरूरतै छैन, जहाँ हृदयले छन्द पक्रेर टिपिसक्यो, उहाँ रगणको व्यायाम गर्नु गाना जानिसकेपछि सुरहरूका
छन्द र लय/९९