Jump to content

Page:Laxmi nibandhasangraha.pdf/81

From Nepali Proofreaders
Revision as of 23:17, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाह...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ । यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको

दिनको विलास उपभोग गर्न बाहिर हिंडे, चार गारो र छानाले ढाकेको

साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश

मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिडें । कुनै विशेष

उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको

थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो

मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक

प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौ, जसलाई प्रचलित

नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ । हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका

नीलो चेहरा बिचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका टुक्रामा बीचबाट सूर्य भगवानको उज्यालोले दृश्यपटलाई टाटापाटा

गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको

सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहरिएका ग्रामीण युवतीहरू

मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका

थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर

दिइरहेका थिए । अलि टाढा दुइटा 'झोपडी शान्तिका कुटी झैं सफा आँगन लिएर निदाएका भै देखिन्थे ।

यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिश्वाको सरस्वती । एकतर्फ

प्रश्न उद्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार

सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त छन्दका कठिन कसरत मात्र हुन्‌ । त्यहाँ अदूट प्रवाह थियो, भुलभुलाबट थियो, जो त्यस पत्रिका आउने जमेका साह्वा टुक्राहरूमा देखिन्न ।

तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका

गलफन्द मात्र हुन्‌ भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो

भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण ७२/लक्ष्मी निबन्ध-संग्रह