Jump to content

Page:Laxmi nibandhasangraha.pdf/77

From Nepali Proofreaders
Revision as of 22:15, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद ल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले

माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा

सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता

पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र

तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो

गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो ।

हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको

छ।

यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन्‌ । यिनमा पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको

जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर

दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ । यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय छ। जीवनको जादूले यिनलाई छोएको छ । यी सुकुमार परीहरू मलयसमीरको प्रभाव याद पाउँछन्‌, वसन्तले यिनलाई पनि मोहनी लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई

स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो

आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ? यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन

र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार चालमा हलुका तवरले झल्किरहेको थियो ।

तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन्‌ । छओटा

डण्डी भएको

पाङ्ग्राको एक-एक

चक्करमा यिनीहरू एक-एकबाजि

झल्केर जान्छन्‌ । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूल न वैलिन्छ, न ६4लक्ष्मी निबन्ध-संग्रह