Jump to content

Page:Laxmi nibandhasangraha.pdf/76

From Nepali Proofreaders
Revision as of 22:15, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । एक अंग्रेजी कवि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ

छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को

अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।

एक अंग्रेजी कवि भन्दछन्‌, 'सौन्दर्यको चीज सधैंको आनन्द हुन्छ । सुन्दर चीज कहिल्यै मर्दैनन्‌ । आज जुन गुलाब फुलिरहेछ, त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको वाटिकामा यसले क्रतु र स्थानको सीमा नाघ्दछ । पृथ्वीमा तुसारो परोस्‌ तर मभित्र पसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्‌, खुशब्‌ दिइरहेछन्‌ । फूलहरूले हदयलाई सुन्दरतिर न्दरतिर खिचिरहेछन्‌ । यिनीहरूद्वारा हामी त्यस सौन्दर्यको देशमा

, यहाँ हरेक कदममा विचित्र आनन्द

छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।

फूल देखेर मानिस आफ्नो असुन्दर जीवनउपर शरम मान्दछ । मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो

फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई

अनेक धन्दाले हावा छेकिरहेछन्‌ । म बाहिर निस्कन छटपटाइरहेछु, तर

मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको

छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म

घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस !

फूलसँग आफ्नो जीवनको महान्‌ उपदेश सिक, हृदयमा कोमलतालाई अवकाश दे; सुन्दर भावहरूको रङ्ग चढाक, भित्री जीवनमा त्यो दिव्य सङ्घति त्यो लयदार मिलाप आउन देङ ।

हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर

यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो ! अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र

कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले

जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न

जीवनशक्तिले, माटोको कलिलो

अवस्थामा मौका पाएर खुला घाम-

हावातर्फ यो उज्यालो जगततिर फैलिन कोशिश गत्यो । माटोतल जरा

फूल/६७