Jump to content

Page:Laxmi nibandhasangraha.pdf/74

From Nepali Proofreaders
Revision as of 22:15, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "फूल कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

फूल कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा

जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर

रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।

सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले सिंगार्दछन्‌ । बास्तबमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ । अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर

छरिन्छन्‌ । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो

गराउँछन्‌ । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन्‌ । कविता

पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको

जागरणकालमा प्रादुर्भाव भएको न

हो ! त्यो सच्चा कविता हो, जसमा

माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँपुखयाउँदछ ।

सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको

उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा

घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई बीभत्स रूपबाट बचाएका छन्‌ । मानिस पनि एउटा फूलको कोपिला हो, जसमा भावको रङ्ग चढ्दछ, सह्ृदयताको कोमलता आउँछ, विचारको

संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी मगमगाउँछ ! कृ्‌ष्णजीको नाभिबाट कमल फुलेको छ, कमलका फूलमा चार वेद हातमा लिएका बह्माजी प्रादुर्भूत हुनुभएको छ । हरेक फूलमा नजर भएकालाई चारै वेद फुलेका छन्‌। हेर यो गुलाब ! एकान्तमा हृदयअगाडि यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो फूल/६४