Jump to content

Page:Laxmi nibandhasangraha.pdf/72

From Nepali Proofreaders
Revision as of 22:15, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌, दुनियाँले उनीहरूलाई तौलन सक्तैन । आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घद्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌,

दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।

आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घद्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले तान्दछ । जबसम्म तिमी भलादमीहरूको छायाँमा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्नमा दोधारमा रहन्छौ । तिम्रो आदर या प्रशंसा उनको तर्फ खिंँचिएको हुन्छ ।

उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ । फेरि उनीहरूको

मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झल्किदैन । अझ यस्तो शक्तिले स्त्रीजातिको उपर ज्यादा काम गर्दछ । आकर्षणशक्तिको नियमअनुसार भिन्न बस्तुहरू परस्पर खिंचिन्छन्‌ । प्रशंसा-प्रेमको जिउँदो आकार भलादमी हो । हामी अरूलाई आफ्ना पुजारी बनाउन चाहन्छौँ । यो भाव भलादमीमा सबभन्दा चर्को

तवरले देखिन्छ । दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन ।

पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी

आफैँलाई सिगार्दछ,

आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्तको कला भलादमीले स्वभावैले

लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिमा हो । भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।

भलादमीको दुनियाँ बाहिरी देखावटमा हुन्छ । भलादमी र फुस्रा सिद्ध मनोवैज्ञानिकको दुई छेउमा रहेका हुन्छन्‌ । पहिलाको दृष्टिगोचर दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत्‌ आँखाको पहँचपार हुन्छ । एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनको आँखाको सीमा देखाउँछ ।

एउटालाई अर्को पागल जस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठूलो चमत्कार केही छैन; उसलाई परिधानको बेपरवाही हुन्छ । एउटा भन्छ, हिर,

रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज

उडाउनु मानिसकै जुनीको अधिकार हो ।' अर्को भन्छ, “दुनियाँ रडमगाइरहेछ । म दुईटै चमत्कार देख्तछु-ताराङ्कित आकाशको महिमा र भित्रका नैतिक नियमको विभूति यी दुईको सधैँको झगडा छ,

भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख

हो । सत्य बीचैमा रहन्छ भन्दछन्‌ ।

भलादमीका अरू किसिमका सृक्ष्म रूपहरू छन्‌ । जसको नजर

आफूबाहिर छ, भलादमी भनेको त्यही हो । बोक्रेपन सबै भलादमीको भलादमी/६३