ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको
हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के
सामना गरोस् ।
विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादमीको प्रमाणपत्र सधैँ उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र
टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको
छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको
मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवरद्धक कोठी र अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिड्नेहरूको नाक र नजरमा
आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला, लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।
उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन्। त्यस्तै
कोही भलादमीहरू नआएको भकभके झिक्तछन् । गुलाबको जस्तो
भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद जनाउनलाई भलादमीको हाड नभएको जिश्रो बोलचालमा वैज्ञानिक
तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने अलक्ठार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन् ।
कसैको रेशमी रुमाल भझिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ,
यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशंमी
झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्,
सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्, कसैको हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको
एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ ।
कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्, विनयको बोझाले भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही बोलक्कड हुन्छन् । बकबकोपाध्यायको सर्टिफिकेट विश्वविद्यालयले कनै दिन निकाल्नेछ । कोही बडा गफी हुन्छन् । कलकत्ता र बम्बई उनीहरूका हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर कोही हुन्छन् बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको ६२.लक्ष्मी निबन्ध्र-सय्रह