यति भनी नखरे मृदुलाधरा। मुसुमुसू मित मुस्किदिइन् बरी ।। त्रिदशकी दुहितासरि ती परी- कन गरी दिनकी महिमासरि ॥ सुमनका मनमा मृदु शब्द ती। श्रवणसिक्त प्रसन्नमना नृप ।। मधुपको मधु प्यॅन चढ़े अधि। नजरले मधुकार शिकारमा । (६२)
सकल चञ्चलता चकिता बने। मृदुलता लसिता असिता लता ।। अब विचित्र बने छविचित्र ती। नचलने चल-नेत्र अलीकति ।। पुरुषको रसको सुख कर्किदा । पवनले गति चञ्चल बिर्सिंदा ।। (६३)
जन प्रतिष्ठित को ? कुन यो युवा ? नर कि किन्नर ? देव कि मार वा ।। विपुल भाल समुज्वल चेहरा । मधुर यौवन यो वनमा हरा ? (६४)
किन यतातिर आउँछ त्यो युवा ? रहन के, वसनोज्ज्वल यो घर ? मनमनै नभनीकन चिन्तना- सहित ती वन कोमल कल्पना- सरि तिनी मधुबैंस 'शकुन्तला'। चकित छन् कृतभङ्कृतकुन्तला ।। (६५)
'अलि' हटयो अलि दुष्ट त्यहाँ छली। भ्रमर कुन्तलबाट शकुन्तला- कन दिद्दकन फुर्सद, हेर्न त्यो पुरुषको रसको मनमोहन ।। (६६)