This page has not been proofread
प्रलयपछाडि छ नूतन राम्री सृष्टि अरू ।
यो मेरो महामंत्र मनमा धर प्रमिथस !"
(४०)
यति बोली मोहन मधुर ध्वनिमा ती
आशादेवी विलीन भइन् त्यहीँ कहीँ
मानो निशिमा अवतरिता तारकासरि
काट्दी कटकट आफ्नो हीराले तम ।
(४१)
त्यही आशाका स्वरमा अफ बढ्दो अघि अघि
ए विफल कवि ! के तैँले आफ्ना भूल भुलिस् ?
शूल भूलिस् ? अन्धकार भुलिस् ? अज्ञान भुलिस् ?
अब ज्यादा यहाँ नबढ् अघि । एक क्षण
रो बसेर बरू यस अन्धकारमा, नब रष्म
अर्को मधुर पुकारी ! शायद् गिर्ती नवज्योति ।