Jump to content

Page:Prometheus.pdf/35

From Nepali Proofreaders
Revision as of 09:48, 6 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ओजहीन- भूलहरूको भुल्भुलैयामा
लखर--लखर-आदर्शहीन;
अविकसित विवेकको मिरमिरमा
गोधलिजीव-अज्ञानान्ध मानव ।

(९)
जस्तो सन्नादित वर्षागरानमनि
कीचडमा सडल वस्तुहरूबाट
नव कीट-जञात निरीक्षी भन्दछ घर-धनी,
"के जन्मिए यी ? कुन जीव ?-
ध्वंसँ यिनकन । ध्बंसनको गरर तजबीज ।
यी सुंड; मुड बेकारका कीरा, नवकष्ट !"
त्यस्तै निरीक्षण गरी सकल भूमंडलको,
बोले क्रुद्ध देबसिंह स्वर्गका, जिउस महान्‌,
च्याँठद्वारा, न्युन स्तरका जीव निरीक्षणको ।

(१०)
नाह उचाली बलवान्‌ देव विक्रमी बोले,
कोघान्ध,
"को यी ? भूकीट नव ?
को यी नव सलहका बथान ?
मुड, मुड, ध्येयहीन, किरिकिरिलाग्दा
मेरा देवद्गमा ? लखर ? लखर ?
लमखुट्टे यी ? लंपू, लविघर ?
गडल-आँख दुईहाते जाति ?
घीनलारदा यी मातव ?......
मेरा साम्राज्यमा सुन्दर, सुध्घर ?......

(११)
"देख्दैमा यी बलविहीन भसुना भूका
भसक्क निभाउँ मैं लाग्छ मलाई,
यी भूकीट !... कै काम यिनीहरू जन्मे
पापी, दुर्बलताको अघौध समान ?
प्रसून-प्रसन्ना पृथिवीका पन्ना भुईँमा
नसुहाउँदा नालायक, यी मानव ?
यिनको कमजोर अनुहार मलाई च्याँद्दछ;:
घ्वस्त म गर्दछु यिनको समस्त ।
मेरो देव-शपथध ।
एक समुज्ज्वल देवसम भू सुहाउँदो
जाति म राख्दछु, यिनको बदला ।