Jump to content

Page:Prometheus.pdf/34

From Nepali Proofreaders
This page has not been proofread

शान्त भए; जस्तो शक्तिदार
जादूगरको जाद्ले बढार्दछ
घर्नाँको घन मुस्लो गह्वर-मृुखबाट
प्राचीन, निर्मलाई छलंग आकाश,
प्राचीन कहानीमा ।

(६)
एक प्रबल शक्तिशालीका बाहुनलले
विचित्र, जाद्‌ डाल्दछ शान्तिको, संसारमा ।
जिउसँ देवराजको अवर्णनीय ओजले
नैश तिमिर-व्यूह-भंग गरेरै ल्यायो प्रात,
शान्त, सुवर्ण, शीतल मधर, संसारमा ।
यूरानसका राक्षस-पुत्रहरू भए केद
अन्ध गुफामा । स्थल जल उपर उघध्य्रो
नयाँ सुषमा । शिशु-मुख झैँ स्वच्छ, स्वस्थ, गुलाफी
नव जागृतिको भयो मुहार । आत्माको विजय भयो ।
शान्ति मस्किन्‌ मीढी, संगीत सदृश सुन्दरी ।
श्यामल शस्यले लहलह सिँगा-यो बसुन्धरा ।
'शीतल चल्यो समीरण स्वच्छाकाशमा,
ओस-आँत । पुष्पवती प्रकृति रंगिली भइन्‌ ।
वर्षा नाचिन्‌ गगन-सुल्दरी विन्दुन्‌पुरा छमछम ।
नवीन उज्यालोमा संदेशमय नव युगको
प्रकाशोन्मुख उद्गीत उड्डीन बहनिहग
बोले महादेव -स्तुति, देवदूतहरू स्वर्गका ।

(७)
तर यस्ती वसुन्धरामा, हँसिली, खुशिली, रसिली,
जब जिउसले नजर ओराले ओजदार
परीक्षा गरी चौडा, जस्तो हेर्दख चील,
नकित भए तिनी देवराज, अनि क्रोधान्ध भए ।
यो अनुपम सुन्दरताको चित्रपटमा
कमजोर, लाचार, उपहास्य थियो मानव ।

(८)
पूर्वविना, कवूलविना, बिना उज्ज्वल भविष्य,
लटमुख मानब, शक्तिहीन,
पिपीलिका-सदुश नवजात,
लखर दुनियामा, जुंड मुड लखर,;
खानापछि स्वेदयक्त दुगर्दो, स्वाँ, स्वाँ,
शिकारले बराबर शिकारिँदो थियौँ;