Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/19

From Nepali Proofreaders
Revision as of 10:13, 2 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

खेल्दा अरू अरू लड्काहरूले पनि यै श्लोक भने । २४ दिन्‌पछि गजाधर्‌सोती घर आई पुग्दा साथ्‌ लड्काअ (ह) रूले यो श्लोक भनेको सुनी मनमा बडो खेद्‌ गरे;- आफ्नी पत्नीलाई खुप्‌ हपृकाये । यस्‌ श्लोकले गर्दा भानुभक्तले गजाधर्‌ ब्राह्मणको बेइज्जती गरे भनी कसैले दोष्‌ नलाउन्‌, भानुभम्तले ब्राह्मणको अखानो गरेको ह्वैन, अतिथिको सत्कार नगर्चलाई यस्तै दण्ड मिल्दछ भत्ती दृष्टान्त देखाएको हो । तस्‌ अर्थ अतिथिको सत्कार गर्नु, सत्कार नगरेदेखि पाप्‌ लाग्दछ भनी शास्त्रकारहरूले पनि भनेको छ ।

कवि भानुभक्तका सम्वत्‌ विक्रमी १८९८ देखि १९०५ सम्म बनेका फुद्कर कविताको पत्ता छैन । सम्वत्‌ १९०६ विक्रमीयमा जग्गाबाबत्‌ृको झगरा भानभक्तलाई आई पर्दा नेपाल्‌ नआई नहुन जाँदा झगराको कागतृपत्र ली आउँदा नेपाल्‌ आई पुग्नै दिन काठमाणँदिखि एक कोस्‌ उत्तर्तरफको बालाजी नाम गरेका जग्गामा आई क्यै बेर थकाई मार्दा कति भानुभक्तले ई दुइ श्लोक अत्त्यत्त रमणीय जग्गा रहेछ भनी बनाये । प्राय: भानुभक्तका भुङ्गारका कविता धेरै कमूती देखेको होला तर यस्ले भानुभक्तलाई जस्तो करुणा रस्‌मा लेखूने ताकत्‌ थियो तस्तै श्वब्वार रस्‌मा पनि लेखन सक्तथे, शंगारको नमना हेर्नुहोस्‌-


आहाँ बतेर कविता यदि गर्न पाउँ ।
य्रसदेखि सोख अरु थोक म के चिताउँ ॥
पस्माथि सन्‌ असल सुन्दरि एक्‌ नचाउँ ।
खैचेर इन्द्रकन स्वर्ग अही बनाउँ ॥१॥

यति दिन पछि मैले आज बालाजि देख्याँ ।
पृथिवितल भरीमा स्वर्ग जो जानि लेख्याँ ॥
वरिपरि लहराका मूलि बसन्या चरा छन्‌ ।
मधुर वचन बोली मन्‌ लिँदा क्या सुरा छन्‌ ॥२॥