हितका निमित्त हो । मेरा लेखा जस्ता भानुभक्त तस्तै तपाञ्रीहरू । अझ तपाञजीहरू त भानुभक्तभन्दा पनि विशेष मानिनामा योग्य किनभने कहाँ कहाँका कविहरूका गरन्य खोज्नुहंछ, आफ्ना गाँठका रुपिजा खर्च गरी बडा परिश्रमसाथ कैल्हे बम्बै, कैल्हे प्रयाग, कैल्हे काशीमा गै गेकन बराब गोर्खा भाषाका पुस्तक् छपाई देशदेशमा प्रचार गर्नुहुन्छ । तर यो तपाजरीहरूको परिश्रम् व्यर्थ छ; व्यर्थ मात्र ह्वैन किन्तु सभ्य समाजमा हास्यको मुख्य कारण हुँछ फेरि अशुद्ध गरी छापी दिँदा हाम्रा गोर्खा भाषाको दुर्दशा पनि हुन गयो । यसो नगर्नुहोस्, भला पिङ्गल सूत्र सबै हेर्न आफूलाई सावकाश नभये पनि श्रुतबोध ग्रन्थका केवल् २० श्लोक लक्षणको हेका मनमा राखी छाप्ता शुद्ध गर्नुपर्ने कागज् (प्रफशीट) हेर्दा सावधान भै हेर्नुभयो भने छन्दको कसर् कत्ति पनि रहने छैन । छाप्ताखेरि आफ्ना गोर्खा भाषाका महावरा र भनाइका छाँटमा पनि ध्यान अवश्य दिनुहोस् । सब्भन्दा अचाकली कुरो तपाजीहरूले छपायाका ग्रन्यमा के छ भने जुन् ग्रन्थ छाप्नुहंछई उस ग्रन्यका कर्ताको नाम् गोत्सम्म हाल्नुहुन्न । कदाचित् नाम् हालिदिनु भो भने पनि “फलानाका सहायताले" भनी लेख्नुहंछ, “फलाना कृत” अथवा “फलाना रचित” या “विरचित” यस्तो कैल्ह्यै पनि लेख्नुहुन्न । “सहायता” र “कत” शान्दका अर्थमा कति फरक् छ आफै कोष हेरी विचार गर्नुहोस् । ग्रत्थमा सहायता पद् मूर्खले पनि दिन सक्छ । तपाजञीहरूलाई ग्रन्थकारको नाम मालूम छैन भने सो माफिकको सूचनासाथ ग्रन्थ छाप्नुपर्छ । सर्वसाधारणमा यसरी ग्रन्थ छापी प्रचार गर्दा ग्रन्यकारका नामको सन्देह पर्न जान्छ । कविले कविता गरी आफ्ना २ स्थानमा जान्छन् मेरो ताम रहना (ला) भनी बडा परिश्रिमपाष ग्रन्थ लेख्छन् । यसरी नाम चद् पारी नसृुहाउने कल्गी तपाजीहरूले लाउनु केवल् आफ्नो हास्य गराउनु र कविका आत्मालाई कल्पाउनु हो । तपाजीहरूको सच्चा हितैषी भैकन यो सूचना दियेको छु । अब
Page:Kavi bhanubhaktako jivancharitra.pdf/35
Appearance