जाहाँ जे जति पाइयो उ उति ह्वां गै गै सबै सोद्धथ्यां ।
पक्का हाल् कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्यां ।
सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धर्यां ॥२॥
आफ्ना सक्भर गद्य पद्य मइले मन्ले कथेकै थिञा ।
यस्को सङ्ग्रह फैलियोस् अब भनी काशी पठाई दिञा ॥
भन्न्यै भन्छु म रामकृष्णकन ता जस्ले मदत् खुप् दिया ।
भारत्जीवन यंत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥
यस्मा ई कविराजको यति कथा जीवन्भरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुंथ्या उती लेखिया ॥
यस्मा पुग् र नपुग् मलाइ जसले देला म त्यो राखुला ।
फेरी छाप्नुपर्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥
आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव् जस्ता थिया लेखिया ॥
आँखा नाक् मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया ।
फोटोग्राफ् तयार्छदै छ यसमा हेर्नू इ यस्तै थिया ॥
यसै अवसरमा आजकालका च्याँटा २ कविहरूलाई हिव होस् भन्ना निमित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केबल् आजकाल्का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका