Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/282

From Nepali Proofreaders
Revision as of 19:44, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
उडने कसरी ? हिँडने कसरी ?
वनको चारा चर्ने कसरी ?
यो सब सम्झन सक्तिनँ केही
थरथर काँप्दछ केवल देही ॥

(५)
लडदै पडदै स्याँस्याँ गर्दै
बालक जस्तै बामे सर्दै ।
खुला जगत्मा, आएँ किन्तु
हृदय छ मेरो इन्तु न चिन्तु ॥

(६)
मीठा फलफुल च्याप्दै मुखमा
भु्र्र म उड्थेँ जुन रुखरुखमा ।
ती सब रुखहरु देख्दा आज
लाग्छ कहाली साथै लाज ॥

(७)
थोरै बाङ्गा टेवाजस्ता
निश्चल खुट्टा दुर्गम रस्ता ।
नयन दुवै छन्‌ धमिला ज्यादा
शिव ! शिव ! म उपर कत्रो बाधा !!