Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/290

From Nepali Proofreaders
Revision as of 12:15, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
मातृभूमिको प्रार्थना

(१)
हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी

(२)
शिव भावना छ मनमा बसछ्यौ पवित्र वनमा
हिम-भूति त्यो वदनमा झल्कन्छ चित्तहारी

(३)
मेची जया सखी छन्‌ विजया विशाल काली
बस्छन्‌ दुवै बगलमा तिम्रै प्रभाव निहारी

(४)
सादा छ भेषभूषा सादा छ वन्य खाना
तर इष्टसिद्धि-खातिर तपको प्रयास भारी

(५)
देखी विचार-धारा स्तुति गर्छ विश्व सारा
साना ठुला सबै छन्‌ गुण शक्तिका भिखारी ॥