This page has not been proofread
(३२)
शुक्यो शुगा त्यो, ए सान्नानी !
किन नदिएको चारा पानी ?
भन्ने करुणा-रसको धारा
आज नजरमा छल्क्यो सारा |
(३३)
खगको चोला, नरको बोली
कठिन तपस्या ऋषिमुनिको ली
जहाँ बिताएँ जनम तमाम
कसरी बिर्सुँ अब त्यो ठाम ??
(३४)
पलपल त्यै घर, त्यै परिवार
त्यै पिँजराको गोल दिवार
त्यो सब खाना घुम्दछ मनमा
दैव ! पछारिस् किन यो वनमा ??
(३५)
विन्ति छ मेरो कुटिल ! विधाता !
अब नछुटाएस् यस्तो नाता
सारा वनमा लगा डढेलो
खरानीको गर छेलोखेलो